आइतबारको बजारमा १३९ कम्पनीको सेयरधनीले गुमाएका छन् भने २० कम्पनीको मात्र सेयरमूल्य सामान्य बढेको छ । बजारमा गिरावट आएपछि घटेको बजारमा सेयर खरिद गर्ने बढेपछि कारोबार रकम भने सोमबारभन्दा पाँच करोड रुपैयाँको सुधार आएको छ । यसदिन १५९ कम्पनीको ९ लाख ६२ हजार कित्ता सेयर ३२ करोड ८९ लाख रुपैयाँमा खरिद विक्री भयो ।
बजार घट्ने श्रृङ्खलाले निरन्तरता पाउँदा सोमबार १० अर्ब घटेको समग्र बजार पूँजीकरण मंगलबार थप १७ अर्बले घटेर १४ खर्ब ७० अर्बमा खुम्चिन पुगेको छ ।
सेयर बजारमा सबैभन्दा बढी कारोबार हुने 'क' वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् एक प्रतिशत बढीले घटेको छ ।
कारोबारमा आएको होटल समूह १७ दशमलव ७९ अंकले सुधारिँदा बाणिज्य बैंक ९ दशमलव ७९ अंक तथा बीमा समूहमा सबैभन्दा बढी १५२ दशमलव १८ अंकले घटेका छन् ।
मंगलबार सबैभन्दा बढी महिला सहयात्रा लघुवित्तका सेयरधनीले ६ प्रतिशतले गुमाएका छन् । सिन्धु विकास बैंक, गुडविल फाइनान्स र अरुण भ्याली हाईड्रोपावरको कम्पनीको सेयरमूल्य पनि पाँच प्रतिशत बढी घटेको छ । अन्य १३५ कम्पनीको सेयरमूल्य पनि बढ्न सकेन ।
स्वेदेशी लघुवित्तको सेयरमूल्य ४ प्रतिशतले बढेको छ भने तारागाउँ रिजेन्सी होटल, विजय लघुवित्त र एनएमबि हाईब्रिड फण्डको इकाईधनीले दुई प्रतिशतले नाफा कमाएका छन् । अन्य १६ कम्पनीको सेयरमूल्य पनि सामान्य बढे ।
अाइतबार र साेमबार दश प्रतिशतका दरले घटेकाे अपि पावरकाे सेयरमूल्य भने मंगलबार १.४५ अंकले बढेकाे छ । चैत ४ गतेदेखि कम्पनीले अायाेजना प्रभावित दाचुर्ला र बैतडीका बासीन्दालार्इ जारी गरेकाे एक हजार ९०४ सेयरधनीकाे १० लाख कित्ता सेयर तीन बर्ष पूरा भएर काराेबार गर्न याेग्य भएपछि सेयर बजारकाे दाेस्राे बजारमा कम्पनीकाे सेयर घटेकाे थियाे ।