ओम डेभलपमेन्ट बैंकको उपत्यकामा एकैदिन थपियो ३ नयाँ शाखा

Mar 20, 2018 Merolagani

ओम डेभलपमेन्ट बैंक (ODBL) ले काठमाण्डौंमा एकैदिन ३ वटा नयाँ शाखाहरुको उद्धघाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मंगलबार काठमाण्डौंको गोंगबु, र बानेश्वर तथा ललितपुरको सातदोबाटोमा नयाँ शाखाकाे उद्घाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईरहेको जानकारी दिँदै बैंकले ७५ हजार देखी ७५ करोडसम्म कर्जा लगानी गर्ने बताए ।

विस्तारित ३ शाखासँगै ओमको शाखा सञ्जाल ५२ र एटिएम संख्या ११ पुगेको छ । बैंकले ३९९ कर्मचारी मार्फत ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा समेत प्रदान गर्दे आईरहेको छ ।

दुई लाख ३१ हजार ग्राहक संख्या रहेको बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरिसकेको छ ।

संस्थागत समाजिक उत्तरदायित्व अर्न्तगत ओमले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु बितरण समेत गरेको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।