सिभिल बैंकको लिलामी सेयर : अड नम्बरको माग गर्नेले पनि पाउने, कति कायम भयो न्युनतम मूल्य ?

Mar 20, 2018 Merolagani

सिभिल बैंक (CBL) ले लिलामीमा राखेको सेयरको बोलकबोल खोलिएको छ । साथै बैंकले सूचना तथा आवेदकसँग गरिएको सम्झौता तथा शर्त अनुसार अड नम्बरका आवेदकलाई पनि सेयर बितरण गर्ने भएको छ । बोलकबोल खोल्ने क्रममा १० ले भाग नजाने आवेदनलाई रद्ध गरिएको भए पनि सूचनामा उल्लेख भए अनुसार नै सेयर बाँडफाँड गर्ने निर्णय भएको बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

मंगलबार बिहानदेखि खोलिएको बोलकबोलको प्रारम्भिक नतिजा पनि प्राप्त भएको छ । दोस्रो बजारमा लगानीकर्ता उत्साहित नसकिरहेका बेला सिभिलको लिलामी सेयरमा भने उत्साहित बनेको देखिएको छ ।

दोस्रो बजार निरन्तर तल झरिरहेका बेला सिभिलको लिलामीमा लगानीकर्ताका बिचमा तिब्र प्रतिष्पर्धा देखिएको छ । जसका कारण दोस्रो बजारको मूल्यकै हाराहारीमा सेयर सकार्नेको भिड देखिएको हो । प्रारम्भिक नतिजा अनुसार बैंकको प्रतिकित्ता सेयरको न्युनतम मूल्य १३३ रुपैंया कायम भएको छ । 

बैंकको लिलामीको सेयर खरिद गर्नेक्रममा एक लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँको बोली लगाएका छन् । मंगलबार दोस्रो बजारमा १४८ रुपैंया प्रतिकित्ताको दरमा अन्तिम पटक कारोबार भएको सेयरका लागि परेको आवेदनले तिब्र प्रतिष्पर्धा देखाएको हो । मोहनमान सिंह नामका एक लगानीकर्ताले बैंकको १ हजार कित्ता सेयरका लागि अधिकतम १८० रुपैंया कबोल गरेका छन् ।

बैंकले ९ लाख ९२ हजार ८१९ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयर लिलाममा राखेको थियो । जसमा साधारण सेयरका लागि ४ हजार ४० वटा आवेदन परेको थियो । रद्ध भएका आवेदन तथा सेयर सकार्नेहरुको अन्तिम विबरण आउन बाँकी छ । बैंकको संस्थापक सेयर भने बिक्री हुन सकेन । लिलाममा ठुलो संख्यामा सेयर राखिए पनि ९ जनाले १ लाख २३ हजार कित्ता संस्थापक सेयर मात्र सकारेका छन् । नौ जनाले बैंकको संस्थापक सेयर एक सय रुपैंयाको दरमा सकारेका हुन् । ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयरमध्ये उल्लेखित सेयर बिक्री भए पछि बाँकी रहेको सेयर लिलामीको सूचना बैंकले फेरी निकाल्ने भएको छ ।

दशले भाग जाने गरी आवेदन नपरेका धेरै आवेदनहरु रद्ध भएको व्यहोरा बोलकबोल खोल्दा सुनाइएको थियो । यसलाई सेयर लिलामी प्रकृयाको ट्वीस्टका रुपमा हेरिए पछि बैंकले सूचना अनुसार नै अड संख्याका आवेदकलाई पनि सेयर बितरण गर्ने निर्णय गरेको हो । बैंकको न्यूनतम शेयरमूल्य एक सय रुपैयाँ तोकिएको थियो । लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतम निष्कासन गरेजति सबै सेयरका लागि आवेदन गर्न सक्ने व्यवस्था थियो ।

कसले कति मूल्यमा माग्यो सेयर ?

बैंकको लिलामी सेयरका लागि संस्थागत तथा व्यक्तिगत लगानीकर्ताका बिचमा तिब्र प्रतिष्पर्धा देखिएको छ । बीरेन्द्र शाहले १२६ रुपैंया ४ पैसामा ५० हजार कित्ता सेयर माग गरेका थिए । त्यसै गरी चन्द्रसिंह साउदले १३५ रुपैंयाको दरमा १ हजार कित्ता सेयर माग गरेकोमा चार्टर्ड इन्भेष्टमेण्ट कम्पनीले १३५ को दरमा १० हजार कित्ता सेयर माग गरेको छ । सन नेपाल लाइफले १३७ रुपैंयाको दरमा ५० हजार कित्ता सेयर माग गरेको छ भने बिजेन्द्र जोशीले १३५ रुपैंयाको दरमा १ लाख ५ हजार कित्ता सेयर माग गरेका छन् । 

त्यसै गरी सोनी जोशीले १३४ रुपैंयाको दरमा ९५ हजार कित्ता, तनुज गोविन्द जोशीले १३७ रुपैंयाको दरमा २८ हजार कित्ता सेयर माग गरेका छन् । प्रभु इन्स्योरेन्सले १२१ रुपैंयाको दरले ४१ हजार कित्ता सेयर माग गरेकोमा समृद्धि क्यापिटलले १३१ रुपैंयाको दरमा २० हजार कित्ता सेयर माग गरेको छ । उल्लेखित लगानीकर्ताहरु मध्ये १३३ रुपैंयाभन्दा तलको मूल्यमा सेयर माग गर्ने खाली हात भएका छन् । व्यक्तिगत रुपमा पनि ठूलो संख्यामा सेयर माग गर्नेको संख्या धेरै भएका कारण सेयर सकार्नेका बिचमा तिब्र प्रतिष्पर्धा देखिएको हो ।

बैंकले गत मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको सेयर लिलामीबाट बिक्री गरेको हो ।

...[१५० हाराहारीको सेयरलाई १८० रुपैयाँसम्मको बोली]...

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।