लिलामीको संस्थापक शेयरमा लगानीकर्ताको विकर्षण

Mar 21, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउने क्रममा हकप्रदको बाटो रोजेका बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले हकप्रदको भारी बोक्न नसक्दा अधिकांश शेयर लिलामीमा आउने गरेको छ । लिलामीको संस्थापक सेयर बिक्री गर्न मुस्किल हुन थालेपछि सम्बन्धित कम्पनी र बिक्री प्रबन्धकलाई समेत कामको बोझ थपिने गरेको छ ।

पछिल्लो समयमा सिभिल बैंक र एनसीसी बैंकले लिलामीमा निष्कासन गरेको संस्थापक शेयर बिक्री नहुनाले यसको पुष्टि गर्छ ।

सिभिल बैंकले लिलामीमा राखेको ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयरमध्ये ३१ लाख २१ हजार ६०० कित्ता सेयर बिक्री हुन सकेन । बैंकले गत फागुन २३ गतेदेखि चैत्र १ गतेसम्म उक्त सेयर लिलामीमा राखेको थियो ।

संस्थापक सेयर बिक्री नभएपछि बैंकले पुन: सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी लिलामी निकालेको छ । जसमा यहि चैत्र १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन पाइनेछ । जसको न्यूनतम शेयरमूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । लक्ष्मी क्यापिटल शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।

बैंकले गत मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको सेयर लिलामीमा ल्याएको हो ।

यता एनसीसी बैंकले केही समय अघि ७० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो । जसमा एक जना लगानीकर्ताले मात्र ३ हजार कित्ता सेयरका लागि आवेदन गरेपछि ६९ लाख ९७ हजार कित्ता सेयर बिक्री हुन सकेन ।

एनसीसी बैंक ५० प्रतिशत हकप्रद निष्कासनको प्रक्रियामा छ । लिलामीको सेयर सकार्नेहरुले हकप्रदको लागि समेत तयार रहनुपर्ने हुँदा बैंकको लिलामीको संस्थापक सेयरमा आर्कषण कम देखिएको हो ।

बैंकको लिलामीको सेयर नबिकेपछि बिक्री प्रबन्धक र बैंकले सेयर बिक्री गर्न पुन सूचना प्रकाशित गर्नुपर्नेछ । यसले यिनीहरुको खर्च समेत बढ्ने देखिएको छ ।

अर्कातर्फ निरन्तर दोस्रो बजार ओरालो लागेकाले पनि लगानीकर्ताहरु यतिबेला बजारप्रति आशावादी देखिँदैनन् । साधारण सेयर जस्तो संस्थापक सेयरको खरिद बिक्री दोस्रो बजारमा सहजै नहुने हुँदा पनि लिलामीको संस्थापक सेयरले लगनाीकर्तालाई नतानेको स्पष्टै देखिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।