एनआईसी एशिया बैंकले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

Mar 21, 2018 Merolagani

एनआई सी एशिया बैंक (NICA) ले “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । मुलुक भरिका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ ।

त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड/क्रेडिट कार्ड/मोबाइल बैकिङ्ग सेवा/डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०∞ छुट प्रदान गरिने बैंकले जनाएको छ । 

साथै मासिक औसत १० रुपैयाँ लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिनेछ । त्यस्तै सो खाता खोलि मोबाइल बैकिंग सेवा लिए पछि एनटिसि वा एनसेलको  १०० रुपैयाँ बराबरको रिचार्ज कार्ड समेत निशुल्क प्रदान गरिने बैंकले बताएको छ ।

रु १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८% का दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई  ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनेछ ।

साथै, यस खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ भने ब्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।