पोखरा फाइनान्सको एक लाख ८० हजार कित्ता सेयर लिलामीमा आउने

Mar 21, 2018 Merolagani

पोखरा फाइनान्स (PFL) को एक लाख ८० हजार ७०१ कित्ता सेयर लिलामीमा आउने भएको छ । फाइनान्सले चुक्ता पूँजीको १५ प्रतिशतले हुने ९ लाख ८३ हजार ६८२ कित्ता सेयर निष्काशन गरेकोमा सो परिमाणको सेयर विक्री नभएपछि लिलामीमा ल्याउने भएको हो ।

फाईनान्स सञ्चालक समितिको चैत ६ गतेको बैठकले रितिपूर्वक आवेदन दिने ३३ हजार ४३८ जना आवेदकलाई ८ लाख दुई हजार ९८१ कित्ता सेयर बाँडफाँड गरेको छ । बाँकी सेयरको लिलामी मिति भने सार्वजनिक गरिएको छैन । 

फाईनान्सले गत पुस १३ गते देखी फागुन ६ गते सम्म १५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । हकभन्दा बढी सेयर माग गरि आवेदन गर्ने सेयरधनीको बाँडफाँडमा नपरेको रकम चैत्र १२ गते सोमबार देखी हकप्रद आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता भुक्तानी हुने कम्पनीले जनाएको छ । 

फाइनान्सको हकप्रद बाँडफाँड पश्चात ७५ करोड ४१ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको छ । हकप्रदले समेत पाउनेगरि ८.२६ प्रतिशत (६ करोड २२ लाख ९९ हजार ९०७ रुपैयाँ) बोनस घोषणा गरेको फाइनान्सकाे बोनस र हकप्रदपछि ८१ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

बजार घटेर तल्लाे विन्दुमा अाएकाे समयमा फाइनान्सकाे सेयर लिलामीमा अाएकाले  लिलामी सकार्ने लगानीकर्ताले सस्ताे मूल्यमा सकार्ने अवसरका साथै बाेनस समेत पाउनेछन् । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।