महालक्ष्मी विकास बैंकद्धारा खेलाडी महर्जन सम्मानित

Mar 21, 2018 Merolagani

महालक्ष्मी बिकास बैंक (MLBL) ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेश्वर महर्जनलाई सम्मान स्वरुप दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५० औं एसियन च्याम्पियनसिप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराएकाले बैंकले महर्जनलाई सम्मान गरेको हो ।

खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक बिकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्वेश्यले सहयोग गरिको बैंकले जनाएको छ ।

 

आगामी दिनहरुमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्दता व्यक्त गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।