चार कम्पनीको ७३ लाख ७७ हजार कित्ता सेयर सूचीकृत

Mar 21, 2018 Merolagani

नेपाल स्टक एक्चेञ्ज (नेप्से) बुधबार चार कम्पनीको बोनस र हकप्रद गरि ७३ लाख ७७ हजार ३४२ दशमलव ३३ कित्ता सेयर सूचीकृत भएको छ । रिडी हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक, वोमी माईक्रोफाइनान्सले बोनस तथा कम्युनिटी डेभलपमेण्ट बैंकले हकप्रद सूचीकरण गराएका हुन् ।

मुक्तिनाथ विकास बैंकले ४३ लाख १९ हजार ६०५ कित्ता बोनस सूचीकरण गराएको छ । बैंकको पुस १९ गते सम्पन्न ११ औं बार्षिक साधारण सभाले २० प्रतिशत बोनस पारित गरेको थियो ।

रिडी हाइड्रोपावर कम्पनीले दुई लाख ८४ हजार ५९८ कित्ता बोनस सूचीकरण गराएको छ । कम्पनीको कात्तिक १० गते सम्पन्न १६ औं साधारण सभाले ६ प्रतिशत बोनस पारित भएको थियो ।

वोमी माईक्रोफाइनान्सले एक लाख २९ हजार ६०० कित्ता बोनस सूचीकरण गराएको छ । माईक्रोफाइनान्सको कात्तिक ३० गते सम्पन्न छैटाैं बार्षिक साधारण सभाले २० प्रतिशत बोनस पारित गरेको थियो ।

त्यसैगरि नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकले चुक्ता पूँजीको १२० प्रतिशत हकप्रद बराबरको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद सेयर बुधबारै नेप्सेमा सूचीकृत गराएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।