आरम्भ माइक्राेले बाँडफाँडकाे १४ औं दिनमै गर्यो सेयर सूचीकरण

Mar 21, 2018 Merolagani

आईपिओ निष्काशन बन्द भएको ३७ घण्टामा नै बाँडफाँड गरेर रेकर्ड राखेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था (AMFBSL) ले १४ औं दिनमा सेयर सूचीकरण गराएर अर्को रेकर्ड बनाएको छ । बुधबार सूचीकण गराएको कम्पनीको सेयर कारोबार नेप्सेमा एक हप्तापछि खुल्नेछ ।

आरम्भ माइक्राफाइनान्सले चुक्ता पूँजीको ४९ प्रतिशत आईपिओ सहित ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर चैत ७ गते बुधबार सूचीकरण गराएको छ । एनआइसी एसिया क्यापिटल मार्फत फागुन १५ गतेदेखि २१ गतेसम्म एक सय रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।