नेप्सेले प्रिमियरको १३.५२ प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य ८०६ रुपैयाँ कायम भएको जनाएको छ । यहि मूल्यलाई आधार मानेर कम्पनीको विहीबार सेयर कारोबार सुचारु भएको छ । कम्पनीको १८० दिनको औसत आधारमूल्य ८१६ रुपैयाँ निर्धारण भएको छ ।
एफपीओ निष्काशन पश्चात ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ कायम भएको कम्पनीको ६ करोड ९५ लाख ५४ हजार ९९२ रुपैयाँ बोनस बितरण पश्चात ५८ करोड ४० लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
इन्स्योरेन्सले यही चैत २६ गते साधारण सभा बोलाएको छ । चैत ७ गते बुधबार सम्ममा सेयर खरिद गरेका सेयरधनीले बोनस प्राप्त गर्न सक्नेछन् । एफपिअाेले समेत प्रस्तावित बोनस पाउनेछन् ।