श्री इन्भेष्टमेन्ट (SIFC) ले दुई लाख ७७ हजार ९९६ दशमलव ५३ कित्ता संस्थापक र सर्वसाधारण समूहको ६६ हजार ३७७ दशमलव ०९ कित्ता गरि कूल तीन लाख ४४ हजार ३७३ दशमलव ६२ कित्ता सेयर लिलाम बढाबढमा विक्री खुला गरेको हो ।
इच्छुकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, श्री इन्भेष्टमेन्टको केन्द्रीय कार्यालय डिल्लीबजार शाखा कार्यालयहरु विराटनगर र भैरहवा, सिद्धार्थ बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट चैत १६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
३४ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले माघ १५ गतेदेखि फागुन २० गतेसम्म २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता हकप्रद विक्री गरेको थियो । लिलामी सेयर विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६३ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
कम्पनीको प्रतिकित्ता सेयरमूल्य विहीबार प्रतिकित्ता २१६ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
उता गण्डकी विकास बैंक (GDBL) ले चैत १ गतेदेखि विक्रीमा ल्याएको एक लाख ३० हजार ७१६ दशमलव ९० कित्ता संस्थापक र दुई लाख २२ हजार १४५ दशमलव ६० कित्ता साधारणमा बोलपत्र पेश गर्ने विहीबार अन्तिम दिन हो ।
इच्छुकले विहीबार कार्यालय समयभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय चिप्लेढुंगा पोखरा, शाखा कार्यालयहरु खिचापोखरी, विराटनगर, वीरगञ्ज र बुटवल चौराहा तथा प्रभु बैंकको नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले पुस ७ देखि माघ ११ गतेसम्म २५ प्रतिशत (४६ लाख ९ हजार ८१५.५० कित्ता) हकप्रद जारी गरेको थियो । लिलामी सेयर विक्रीपछि बैंकको चुक्ता पूँजी २ अर्ब ३० करोड ४९ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिकित्ता सेयरमूल्य विहीबार प्रतिकित्ता २१५ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
त्यसैगरी रिलायन्स फाइनान्स (RLFL) को संस्थापक समूहको ५ लाख ४२ हजार ३१४ दशमलव ५२ कित्ता र साधारण समूहको एक लाख १० हजार ६२६ दशमलव ०८ कित्ता सेयर लिलामीमा आवेदन दिने पनि विहीबारै अन्तिम दिन रहेको छ । बिहीबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखा तथा सनराइज बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सक्नेछन् ।
इच्छुकले साधारण सेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापकका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन पाउने व्यवस्था छ ।
५१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले मंसिर २२ देखि माघ १२ गतेसम्म ४५ प्रतिशत (२३ लाख ६ हजार ५७१ दशमलव ६० कित्ता) हकप्रद निष्कासन गरेको थियो । लिलामी सेयर बिक्रीपछि फाइनान्सको चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । गत आवको नाफाबाट वितरण गर्ने बोनस लिलामीमा सेयर सकार्ने लगानीकर्ताले समेत पाउनेछन् ।
कम्पनीको प्रतिकित्ता सेयरमूल्य विहीबार प्रतिकित्ता ११७ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।