एनआईसी एशियाको अग्रिम व्याज भुक्तानी मुद्धती योजना

Mar 22, 2018 Merolagani

एनआईसी एशिया बैंकले ‘अग्रीम ब्याज भुक्तानी मुद्दती खाता’ संञ्चालनमा ल्याएको छ । मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याज भुक्तान गर्ने गरी बैंकले योजना ल्याएको हो । एन आई सी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा मुद्धती खाताको भुक्तानी अग्रिम रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि गरिने विज्ञप्तीमा उल्लेख छ ।

व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशत सम्मको कर्जा पनि उपभोग समेत गर्न सकिने बताइएको छ ।

साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने बैंकले जनाएको छ । अग्रिम ब्याज भुक्तानि मुद्दती खाता सिमीत अबधीका लागि मात्र संञ्चालन हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।