लाईफ इन्स्योरेन्स कर्पोरेशनले कसलाई बनायो सेयर रजिष्ट्रार ?

Mar 23, 2018 Merolagani

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले नेपाल एसबिआई मर्चेण्ट एण्ड बैंकिङ्गलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । इन्स्योरेन्स कम्पनीले चैत १२ गतेदेखि लागू हुनेगरि सेयर रजिष्ट्रार नियुक्त गरिएको जनाएको छ ।

यससँगै लाईफ इन्स्योरेन्स कर्पोरेशनका सेयरधनीले शेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायतका सम्पुर्ण सेयर रजिष्ट्रेशन सम्बन्धी कार्यका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड दरबारमार्गमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

यसअघि कम्पनीले आफैले कर्पोरेट कार्यालयमा सेयर शाखा स्थापना गरि सेयरधनीलाई सेवा दिँदै आएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।