बैंक अफ काठमाण्डूले बल्ल घोषणा गर्यो बोनस, अझै नपुग्ने भो चुक्ता पूँजी

Mar 23, 2018 merolagani

बैंक अफ काठमाण्डू (BOKL) ले बल्ल गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने बैंकको ६२ औँ संचालक समितिको बैठकले प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउँनेछन् ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ मात्र पुग्नेछ । राष्ट्र बैंकले ताकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउन ९३ करोड अपुग हुनेछ ।

अधिकांस वाणिज्य बैंकहरुको बोनस सेयरबजारमा सूचिकृत भई कारोबारमा आइसक्दा बैंक अफ काठमाण्डूले बल्ल लाभांश प्रस्ताव गरेको हो । अझै सिभिल बैंक, कुमारी, एनएमबि बैंकले लाभांश घोषणा गरेका छैनन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।