जनता बैंकको एक करोड कित्ता बोनस सूचीकृत

Mar 23, 2018 Merolagani

जनता बैंक नेपाल (NBNL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १४.४० प्रतिशत बराबरको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत गरेको छ । बैंकले एक करोड ७० हजार ९१९ दशमलव ३५ कित्ता सेयर सूचीकृत गरेको हो ।

जनता बैंकले गत आर्थिक बर्षमा नाफाबाट एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँ बराबरको एक करोड ७० हजार ९१९ दशमलव ३५ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव पुस २८ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले पारित गरेको थियो । सोही सेयर शुक्रबार सूचीकृत भएको हो ।

बोनस वितरण पश्चात जनता बैंकको चुक्ता पूँजी आठ अर्ब एक करोड रुपैयाँ कायम भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।