पोखरा फाइनान्सको सेयर लिलामी चैत्र १८ देखि खुल्ला हुने

Mar 23, 2018 Merolagani

पोखरा फाइनान्सले हकप्रदमा अबितरित  एक लाख ८० हजार ७०१ कित्ता सेयर चैत्र १८ गते देखि लिलामीमा  राख्ने भएको छ । फाइनासले चुक्ता पूँजीको १५ प्रतिशतले हुने ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद सेयर निष्काशन गरेकोमा  अवितरित सेयर लिलाम बढाबढमा  विक्रीमा ल्याएकाे हाे ।

लिलामीका लागि चैत २५ गते सम्ममा बिक्री प्रकन्धक एनआईबिएल एस क्यापिटल, पोखरा फाइनास न्यूरोड र एनआईबिएल बैंकका विराटनगर, सुर्खेत, बीरगञ्ज, नेपालगन्ज, बुटवल, नारायणगड र धनगढीका शाखा कार्यलयहरूबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।


फाइनासको हाल ७५ करोड ४१ लाख ५६ हजार रूपैंया चुक्ता पुँजी छ । हकप्रदले समेत पाउन गरी ८.२६ प्रतिशत अर्थात ६ करोड २२ लाख ९९ हजार ९०७ रूपैंयाको बोनस घोषणा गरेको फाईनान्सको बोनस र हकप्रद पछि ८१ करोड ६४ लाख रूपैंया चुक्ता पूँजी कायम हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।