बेष्ट फाइनान्सको सेयर दोश्रो पटक लिलामीमा

Mar 23, 2018 Merolagani

बेष्ट फाइनान्सको चैत्र ९ गते शुक्रबारदेखि हकप्रदमा अबितरित सेयर लिलामीका बिक्री खुल्ला गरेको छ ।  जसमध्ये एक लाख ६ हजार ९४० कित्ता संस्थापक र एक हजार २०१ कित्ता साधारण सेयर गरि एक लाख ८ हजार १४१ कित्ता सेयर रहेकाे छ । 

 

फाइनान्सले गत भदौ २७ गतेदेखि कात्तिक १४ गते सम्म शतप्रतिशत हकप्रद सेयर खुल्ला गरेको थियो । यसमा अवितरित सेयरमध्ये दुई लाख ९० हजार २३६ कित्ता सेयर मध्ये पहिलो पटक लिलामी बिक्री गरेकाेमा अहिले दाेस्राे पटक खुल्ला गरेको हो ।

लिलामीका लागि शिलबन्दी बाेलपत्र चैत्र १८ गतेसम्म फाइनान्स कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आर्इएमर्इ क्यापिटल तथा सो बैंकको शाखा कार्यलय वीरगन्ज, बिराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट पेश गर्न सकिने क्यापिटलले जनाएको छ ।

इच्छुकले न्यूनतम एकसय कित्तादेखि माथि सबै कित्ताको  लागि आवेदन गर्न सकिने छ ।

दश लाख भन्दा बढी रकमको आवेदन गर्ने लगानीकर्ताले अनिर्वाय आफ्नो प्यान नं. उल्लेख गरी बोलबत्रमा पेश गर्नुपर्नेछ ।

फाइनान्सकाे प्रतिकित्ता सेयरमूल्य ११९ रूपैयाँ रहेकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।