सन्राइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सम्झौता

Mar 23, 2018 Merolagani

सन्राइज बैंक (SRBL) र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीका लागि बिहिबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा सन्राइज बैंकको तर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सन्राइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैकिङ्ग सुबिधा प्रयोग गरी “खल्ती” मा सजिलै पैसा लोड गर्न र सो मार्फत विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने जनाइएको छ ।

“खल्ती” एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ्ग तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ । हाल “खल्ती” प्रयोगकर्ताहरुको संख्या ७ लाखभन्दा बढी रहेका छन् ।

ग्राहकले सन्राइज बैंकको मोबाईल बैंकिङ्ग एप बाट ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप डाउनलोड गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।