नागरिक लगानी कोषले २२% बोनस पारित गर्न बैशाख ७ गते डाक्यो एजीएम

Mar 23, 2018 Merolagani

नागरिक लगानी कोष (CIT) ले आगामी बैशाख ७ गते २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक बर्षको नाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नागरिक लगानी कोषले बैशाख ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजे सभा बोलाएको हो । कोषले २२ प्रतिशत बराबरको १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ बोनस तथा १.१५ प्रतिशत नगद बराबरको ८५ लाख ७१ हजार ४८८ रुपैयाँ लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

अन्य प्रस्तावहरुमा आव २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान प्रतिवेदन पारित गर्ने रहेको छ । साधारण सभाका लागि चैत २२ देखि सेयरधनी किताब बन्द गर्ने भएकाले चैत २१ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

७४ करोड तीन लाख रुपैयाँ सेयर पूँजी रहेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ कायम गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।