चिलिमेले डिम्याट खातामा पठायो बोनस, डिम्याट नहुनेलाई यस्तो आग्रह

Mar 25, 2018 merolagani

चिलिमे जलविद्युत कम्पनील(CHCL)ले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने भनेको १५ प्रतिशत बोनस सेयर हितग्राहि (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीले गत फागुन २७ गते ५१ लाख ७१ हजार ८८६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएको थियो ।

कम्पनिको २१ औं  साधारण सभाले १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

हालसम्म पनि भौतिक सेयर भएका सेयरधनीहरुलाई कम्पनीले सेयर अभौतीकिकरण गर्न आग्रह गरेको छ । भौतिक रुपमा आफूसँग रहेको सेयर यस कम्पनीको बिक्री प्रकन्धक सिद्धार्थ क्यापिटल मार्केट वा नजिकैको निक्षेप सदस्यहरु बाट हितग्राही खाता खोलेर डिम्याटमा जम्मा गरेपछि मात्र बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ५२ करोड ४६ लाख ९६ हजार रुपैंया खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ २३ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।