नेप्से २९२ मा हुँदाको भन्दा चार्टर्ड र एभरेष्टको सेयर मूल्य अहिले सस्तो

Mar 25, 2018 merolagani

सेयरबजार निरन्तर ओरालो लागेर नेप्से परिसूचक चालु बर्षको सबैभन्दा न्यून विन्दु १२२० अंकमा झरेको छ । यसबीचमा केही कम्पनीहरुको सेयरमूल्य आइपिओ तथा एफपिओको भन्दा पनि सस्तो भएको छ । वाणिज्य बैंकहरुको सेयरमूल्य प्रतिकित्ता एक हजार रुपैयाँ भन्दा माथि कुनैको पनि छैन ।

निरन्तर बजार घट्दै जाँदा दैनिक रुपमा लगानीकर्ताको सम्पत्ति समेत घट्दै गएको छ । बजारको घटाईप्रति सरकारी निकायहरु मौन रहदा लगानीकर्तामा बजारप्रति विश्वास फर्कन सकेको देखिदैन भने अझै कति तलसम्म झर्ला भन्ने एक प्रकारको त्रास देखिएको छ । कतिपय लगानीकर्ताले घटेको बजारलाई सेयर किन्ने अवसरको रुपमा समेत लिने गरेका छन् । जसले पछिल्ला दिनको कारोबार रकममा क्रमश सुधार पनि आउँदै गरेको छ ।

सेयर बजार बढ्ने र घट्ने प्रक्रिया चलिरहन्छ । बजार बुझेका र चलाख लगानीकर्ताले बढ्दा पनि घट्दा पनि दोहोरो रुपमै नाफा लिने गरेका छन् । तर सामान्य जानकार लगानीकर्ताहरुले कम्पनीको वित्तीय अवस्थाको बारेमा अध्ययन गरेर लगानीको निर्णय गरेमा जोखिम कम गर्न सकिन्छ ।

हामीले यहाँ नेप्से सबैभन्दा तल्लो विन्दु २९२ अंकमा रहेको अवस्था र नेप्से १२२० विन्दुमा आएको अवस्थामा १९ वाणिज्य बैंकहरुको सेयरमूल्य प्रस्तुत गरेका छौ ।

 

नेप्से २९२ अंकमा रहेको अवस्थामा भन्दा अहिलेको अवस्थामा स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डौ, लक्ष्मी बैंक र एनआइसीए बैंकको सेयरमूल्य कम रहेको छ । ०६८ आषाढ १ गते नेप्से २९२ मा रहदा चार्टर्डको सेयरमूल्य प्रतिकित्ता १३०० , एभरेष्टको ८२८, बैंक अफ काठमाण्डूको ३६७, एनआइसीएको ३५२ तथा लक्ष्मी बैंकको २४२ रुपैयाँ थियो ।

गत विहीबार ०७४ चैत्र ८ गतेको तथ्याकं अनुसार चार्टर्डको सेयरमूल्य प्रतिकित्ता ८६७ , एभरेष्टको ६८५, बैंक अफ काठमाण्डूको ३४०, एनआइसीएको ३०४ तथा लक्ष्मी बैंकको २३४ रुपैयाँमा रहेको छ । अन्य बैंकहरुको भन्दा २९२ कम विन्दुमा नेप्से पुग्दाको भन्दा अहिलको सेयरमूल्य बढी नै देखिएको छ ।

हामीले यसबीचमा कम्पनीहरुले प्रदान गरेको लाभांसलाई पनि निहाल्नु पर्ने हुन्छ । यहाँ हामीले चार्टर्ड बैंक र एभरेष्टको ०६८ यताको लाभांस विवरण प्रस्तुत गरेका छौ । किनकी जसको सेयरमूल्य नेप्से २९२ मा रहँदाको अवस्थामा भन्दा पनि अहिलेको अवस्थामा सस्तो छ ।

 

बजार न्यून विन्दुमा पुग्दा सबै कम्पनीहरुको सेयरमूल्य किन तल्लो विन्दुमा पुगेन भनेर हामीले यो तथ्याकं नियाल्न सक्छौ । जसमा हामीले नेप्से सबैभन्दा न्यून विन्दु २९२ अंकमा रहँदाको प्रतिसेयर आम्दानी र चालु आर्थिक बर्षको दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी प्रस्तुत गरेका छौ । 

यो तालिकाले के देखाउँछ भने नेप्से घटेपनि राम्रो वित्तीय विवरण भएका कम्पनीहरुको सेयरमूल्यमा स्थिरता रहन्छ । सेयर लगानीकर्ताले कम्पनीको सेयरमूल्य मात्र होइन, उनीहरुले दिइरहेको प्रतिफल, कम्पनीको वित्तीय अवस्था अध्ययन गरेर लगानी गर्ने हो भने बजार घट्दा पनि ठूलो नोक्सानी व्योर्हनु पर्देन ।

प्रस्तुत तथ्याकंले बजार घट्दैमा सबै कम्पनीको सेयरमूल्य घट्छ, बढ्दैमा सबैको बढ्छ भन्ने कुरालाई पुष्टि गर्दैन । यसबाट के थाहा हुन्छ भने वित्तीय अवस्था अध्ययन गरेर लगानी गरेमा लगानीको जोखिम कम गर्न सकिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।