देव: विकाससँग गाभिनु अघि सहारा विकासले २५० प्रतिशत हकप्रद बिक्री गर्ने

Mar 26, 2018 merolagani

देव: विकास बैंकले एक्वायर गर्न लागेको सहारा विकास बैंक (SHBL) ले २५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १८ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

देव: विकाससँग एक्वायरमा जाने भएपछि सहाराले हकप्रद बिक्रीको निर्णय खारेज गर्न चाहेको थियो । तर बोर्डले नियम अनुसार निर्देशन दिएपछि सहारा हकप्रद बिक्री गर्न बाध्य भएको हो ।

बोर्डको अनुमति सँगै बैंकले १ बराबर २.५ को अनुपात अर्थात १८ करोड २४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल मार्फत हकप्रद सेयर जारी गर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा रहेको सहाराको प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ ५८ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।