कम्पनीको सेयर कारोबार आरएडिएचआई (RADHI) कोडमा हुने नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको सुरु कारोबार मूल्य १३९ रुपैयाँ देखि ३९८ रुपैयाँ तोकेको छ ।
कम्पनीले गत पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपिओ निष्कासन गरेको थियो । कम्पनीको आइपिओ ७१ हजार १०२ आवेदकले दश कित्ताका दरले प्राप्त गरेका थिए भने एक आवेदकलाई ११ कित्ता सेयर परेको थियो ।
कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको थियो ।
त्यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । साधारण सेयर निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुगेको छ ।