सान्जेन र रसुवागढीको दोस्रो चरणको आइपिओ भर्ने आज अन्तिम दिन

Mar 27, 2018 merolagani

सान्जेन र रसुवागढी हाइड्रो पावरले चैत ५ गतेदेखि दोस्रो चरणमा खुला गरेको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । दोस्रो चरणको आइपीओमा योग्य आवेदकले मंगलबार कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्नेछ ।

पहिलो चरणमा गत फागुन १३ गतेदेखि ३० गतेसम्म सञ्चय कोषका संञ्चयकर्तालाई आइपिओ बिक्री गरेको कम्पनीले दोस्रो चरणमा ऋण प्रदायक कम्पनी, सञ्चय कोष र रसुवा जिल्लाका कर्मचारीलाई आइपिओ बिक्रीमा ल्याएको हो ।

सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई कुल १२ लाख ७७ हजार ५०० कित्ता र रसुवागढीले २३ लाख ९४ हजार ७३५ कित्ता सेयर बिक्री खुला गरेको हो ।

यस्तै, सञ्चय कोषका कर्मचारीलाई सान्जेनले ३ लाख ६५ हजार र रसुवागढीले ६ लाख ८४ हजार २१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

दुबै कम्पनीको आईपिओमा संस्थापक शेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरु तथा ऋणदाता (कर्मचारी सञ्चयकोष) का कर्मचारीले आजसम्म आवेदन गर्ने पाउने छन् ।

सान्जेनको आइपिओ भर्न योग्य लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ३०० कित्तासम्म आवेदन गर्न पाउनेछन् । तर सचयकोषका कर्मचारीहरुले भने एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

त्यस्तै रसुवागढीको आइपिओमा संचयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम २५ सय कित्तासम्म आवेदन गर्न पाउनेछन भने अन्य कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

सान्जेनको बिक्री प्रबन्धक नागरीक लगानी कोष तथा रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ता आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यी दुवै कम्पनीले यसअघि फागुन ११ देखि ३० गतेसम्म सञ्चय कोषका सञ्चयकर्तालाई भने आइपिओ बिक्री गरिसकेका छन् । जसको बाँडफाँड हुन बाँकी छ ।

रसुवागढी हाइड्रोपावरले एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्काशन गरेको थियो । त्यसैगरि सान्जेन हाइड्रोपावरले पनि ८७ लाख ६० हजार कित्ता सेयर फागुन ११ गतेदेखि नै निष्काशन खुला गरेका थिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।