बुटवल पावरको एफपिओ बुधबार बाँडफाँड,सबै आवेदकले मागे जति पाउने

Mar 27, 2018 merolagani

बुटवल पावर कम्पनीले बिक्री गरेको झण्डै ४१ लाख कित्ता एफपिओको बाँडफाँड बुधबार हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपीओको बाँडफाँड बुधबार गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

कम्पनीले गत माघ १५ गतेदेखि १९ गतेसम्म २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो ।

निर्धारित मितिसम्म निष्कासन गरेको सबै एफपिओ बिक्री नभएपछि कम्पनीले संस्थागत लगानीकर्ताले समेत खरिद गर्न पाउनेगरी म्याद बढाएर फागुन १५ गतेसम्म थप गरेको थियो ।

सो मितिसम्म पनि व्यक्तीगत तथा संस्थागत रुपमा आवेदन लिदा पनि कम्पनीको ११ लाख ६१ हजार कित्ता सेयर बिक्री नभएपछि  प्रत्याभूतिकर्ता कम्पनीहरुले सकार्ने भएका छन् ।

कम्पनीले प्रिमियम सहति प्रतिकित्ता ५०१ रुपैयाँ मूल्य तोकेर एफपिओ निष्कासन गरेको थियो । यता दोस्रो बजारमा आएको लगातारको गिरावटले कम्पनीको एफपिओमा लगानीकर्ताको आकर्षण घटेको थियो । अहिलो दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३६ रुपैयाँमा झरिसकेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।