सांग्रिला डेभलपमेन्ट बैंकको सेयर लिलामी खुल्यो

Mar 27, 2018 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चैत १३ गते मंगलबारदेखि ९ लाख २ हजार ९९७ दशमलव ५० कित्ता अवितरित सेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३ लाख ९२ हजार ७७२ दशमलव ५० कित्ता र सर्वसाधारण समुहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलाम बढाबढमा ल्याएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले चैत्र २० गतेसम्म आबेदन गर्न सकिने यस कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

यसका अलवा लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रिला बैंकका केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरहीबाट समेत लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले गत पुस १७ गतेदेखि माघ २९ गते सम्म चुक्ता पूँजीको ८० प्रतिशतबराबरको एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद जारी गरेकोमा अवितरित सेयर लिलामीमा ल्याएको हो ।

हकप्रद लिलामी पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयर मंगलबार प्रतिकित्ता १५५ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।