सिनर्जी र बेष्ट फाइनान्सले १० दिन पछाडि सारे एजिएम

Mar 27, 2018 Merolagani

-एक्वीजिशन प्रस्ताव पारित हुने

बेस्ट र सिनर्जी फाइनान्सले यसअघि चैत १४ गते डाकेको साधारण सभा १० दिन पछाडि सारेका छन् । दुबै कम्पनीको सञ्चालक समितिको बैंठकले प्राविधिक कारण देखाउँदै चैत्र २४ गते शनिबार साधारण सभा आह्वान गरेका हुन् ।

साधारण सभामा बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई १ः१ सेयर स्वाप रेसियोमा एक्वायर गर्ने विशेष प्रस्ताव पेश गर्देछ । त्यस्तै सिनर्जी फाइनान्सलाई एक्वायर गर्ने भएपछि गत बर्षको सधारण सभाबाट पारित भएको १७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णयलाई खारेज गर्ने प्रस्ताव साधारण सभामा लैजादैँ छ ।

बेस्ट फाइनान्सको २१ औं बार्षिक साधारण सभा यूनियन हाउस अनामनगरमा विहान ११ बजेबाट सुरु हुनेछ ।
उता चैत २४ गते नै सिद्धार्थ कटेज बुटवलमा डाकिएको सिनर्जी फाइनान्सको १९ औं बार्षिक साधारण सभाले बेस्ट फाइनान्ससँग विलय हुने विशेष प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

सिनर्जी फाइनान्सको २५ प्रतिशत हकप्रद (११ लाख ८६ हजार २२.४७ कित्ता) निष्कासन प्रकृया अहिले धितोपत्र बोर्डको पाइपलाईनमा रहेको छ ।

२०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले २०७० जेठमा समस्याग्रस्त भएको थियो। समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि बेष्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको हो ।

सिनर्जी फाइनान्स तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर बनेको थियो । एकिकृत भएपछि बन्ने फाईनान्स कम्पनीको चुक्ता पूँजी ८९ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।