नेपाल लाईफको ४२ प्रतिशत बोनस समायोजन,कति कायम भयो शेयरमूल्य ?

Mar 28, 2018 Merolagani

नेपाल लाईफ इन्स्योरेन्स (NLIC) को बुधबार शेयरमूल्य समायोजन भएको छ । नेप्सेले ४२ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार नेपाल लाइफको प्रतिकित्ता शेयरमूल्य प्रतिकित्ता एक हजार ११६ रुपैयाँ कायम गरेको छ ।

नेप्सेका अनुसार नेपाल लाइफको औसत सेयरमूल्य १६९९ रुपैयाँ छ ।

 

नेपाल लाइफले आफ्ना सेयरधनीलाई गत बर्षको मुनाफाबाट ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश पारित गर्न कम्पनीले चैत्र २८ गते अठारौं बार्षिक साधारण सभा बोलाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।
साधारणसभा प्रयोजनका लागि चैत्र १४ गतेदेखि कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।