समस्याग्रस्तबाट मुक्त भएको कर्पाेरेट डेभलपमेन्टको खुल्यो सेयर कारोबार

Mar 28, 2018 merolagani

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्थाबाट मुक्त गरेको करिब दुई महिनापछि कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) को नेप्सेमा शेयर कारोबार खुलेको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन बर्षपछि गत माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो ।

कम्पनीको प्रतिकित्ता सेयरमूल्य १३७ रुपैयाँ रहेको छ । राष्ट्र बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्ता पूँजी र पूँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले सो बैंकलाई समस्याग्रस्तबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले सात बुँदे शर्तसहित कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्थाको सूचिबाट हटाएको हो ।

शर्तसहित कर्पाेरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट मुक्त

संस्थागत सुशासन कमजोर र खराब कर्जा अत्यधिक भएपछि राष्ट्र बैंकले २०७१ साल पुस ४ गते उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।