आरम्भ माइक्रोको आइपिओ बाँडफाँड भएको २२ औं दिनमै खुल्यो सेयर कारोबार

Mar 29, 2018 merolagani

आरम्भ माइक्राफाइनान्सको आइपिओ बाँडफाँड भएको २२ औँ दिनमा नै सेयर कारोबार खुलेको छ । विहीबार देखि आरम्भको सेयर किनबेच गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेले आरम्भको कारोबार कोड AMFI  दिएको छ ।

आरम्भको पहिलो कारोबार मूल्य प्रतिकित्ता ८२ रुपैयाँदेखि २४६ रुपैयाँ तोकिएको छ ।

कम्पनीले आईपिओ निष्काशन बन्द भएको ३७ घण्टामा बाँडफाँड गरेको थियो भने १४ औं दिनमा नेप्सेमा सेयर सूचीकरण गराएको थियो । आरम्भले गत चैत ७ गते आईपिओ सहित ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर सूचीकरण गराएको थियो ।

कम्पनीले गत फागुन १५ गतेदेखि २१ गतेसम्म एक सय रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरी गत फागुन २३ गते बाँडफाँड गरेको थियो । जसमा गोलाप्रथाबाट १० कित्ताका दरले २७ हजार ४८ जनाले आवेदकले सेयर प्राप्त गरेका थिए ।

काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।