म्युचुअल फण्डहरूमा बजार गिरावटकाे यस्ताे देखियाे असर,३३ प्रतिशत रकम बजार बाहिर

Mar 29, 2018 Merolagani

सेयर बजार निरन्तर तल झर्न थालेपछि त्यसको प्रभाव म्युचुअल फण्डहरुको वित्तीय विवरणमा देखा पर्न थालेको छ । सञ्चालनमा रहेका १२ फण्डलेफागुन समान्तमा प्रकाशित गरेको वित्तीय विवरण अनुसार ५ म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (नाभ) १० रुपैयाँ भन्दा तल झरेको छ । ७ वटा फण्डको नाभ भने १० रुपैयाँ भन्दा बढी रहेको देखिन्छ ।

त्यस्तै चैत १४ गते बुधबारको बजारमूल्यका अाधारमा हेर्दा ७ वटा  मूहिक लगानी कोषको इकाईकाे बजारमूल्य निष्काशित मूल्य १० रुपैयाँभन्दा भन्दा तल झरेको छ । पाँच वटा फण्डको मात्रबजारमूल्य १० रुपैयाँभन्दा माथि छ ।

फागुन समान्तमा एनआईबिएल प्रगति फण्ड, नबिल इक्विटी फण्ड, लक्ष्मी इक्विटी फण्ड र ग्लोबल आईएमई समुन्नत योजना १ को नाभ ९ रुपैयाँ भन्दा तल झरेको छ । सिद्धार्थ इक्वीटी फण्डको नाभ समेत १० रुपैयाँभन्दा कम रहेको छ । एनएमबि हाईब्रिड फण्ड एल १ र लक्ष्मी भ्यालु फण्ड १ को नाभ १० रुपैयाँभन्दा बढी तर ११ रुपैयाँ भन्दा कम रहेको देखिन्छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम, र एनआईबिएल समृद्धि फण्ड १ को नाभ क्रमश ११.५६ तथा ११.५९ रुपैयाँ रहेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १को नाभ १३.१७ रुपैयाँ र सबैभन्दा बढी नाभ रहेको नबिल व्यालेन्स्ड फण्ड १ को नाभ प्रतिइकाई १७.८० रुपैयाँ रहेको छ ।

७ म्युचुअल फण्डको बजारमूल्य दश रुपैयाँ तल झरेपछि सस्तो मूल्यमा लगानी गर्ने अवसर

सेयर बजारमा देखिएको गिरावटले सामूहिक लगानी कोषको इकाई प्रथामिक बजारमा आवेदन गर्नभन्दा दोस्रो बजारबाट खरिद गर्दा फाइदा हुने देखिएको छ । सञ्चालनमा रहेका १२ फण्डमध्ये ७ फण्डहरुको इकाई प्राथमिक बजारकोभन्दा सस्तो भएको हो । यही कारणले केही समय अघि निष्काशन भएका एनआइसि एशिया क्यापिटल तथा सिबिआईएल क्यापिटलका फण्डहरुमा अपेक्षित आवेदन परेको थिएन ।पाँच फण्डको इकाइको बजारमूल्य मात्र १० रुपैयाँ भन्दा बढी छ ।

सामूहिक लगानी कोषले प्रतिइकाई १० रुपैयाँमा इकाई निष्काशन गरेका हुन् तर अहिले ती फण्डको इकाई नै ९ रुपैयाँमा पाइन थालेको छ । लक्ष्मी इक्वीटी फण्डको मूल्य ९ रुपैयाँ मात्र रहेको छ भने बजारमूल्यसबैभन्दा बढी रहेको नबिल व्यालेन्स्ड फण्ड १ को प्रतिइकाई मूल्य १६ रुपैयाँ रहेको छ । 

लक्ष्मी इक्विटी फण्ड, एनआईबिएल प्रगति फण्ड, सिद्धार्थ इक्विटी फण्ड, एनएमबि हाईब्रिड फण्ड एल १, नबिल इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड र ग्लोबल आईएमई समुन्नत योजना १ को बजारमूल्य १० रुपैयाँ भन्दा तल झरेको हाे ।

त्यसैगरि एनआईबिएल समृद्धि फण्ड १, लक्ष्मी भ्यालु फण्ड १, सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ र नबिल व्यालेन्स्ड फण्ड १ को बजार मूल्य भने १० रुपैयाँ माथि रहेको छ ।

फण्डहरुले फागुन समान्तमा प्रकाशित गरेको तथ्याङ्क अनुसार एक अर्ब २३ करोड ५० लाख रुपैयाँ मुद्धती निक्षेपमा जम्मा गरेर व्याज मात्र सुरक्षित गरेको देखिएको छ । सञ्चालनमा रहेका १२ फण्डको कूल फण्डको आकार १२ अर्ब ५ करोड रुपैयाँ छ । यसमा सिटीजन्स् म्युचुअल फण्ड १ र एनआईसी एशिया ग्रोथ फण्ड १ लाई समावेश गरिएको छैन ।

फण्डसँग अझै ४ अर्ब बढी लगानी गर्ने क्षमता

सञ्चालनमा रहेका १२ फण्डसँग अझै चार अर्ब ३८ करोड १९ लाख रुपैयाँ लगानी क्षमता रहेको देखिन्छ । सेयर बजारमा नै मुख्य लगानी गर्ने उदेश्यका साथ खुलेका यस्ता फण्डहरुले आफ्नो क्षमता अनुसार लगानी गर्ने गरेको भने देखिँदैन । सेयर बजारलाई स्थायित्व प्रदान गर्ने उदेश्यका साथ नै  यस्ता सामूहिक लगानी कोषलाई प्राथमिक निष्काशनमा पाँच प्रतिशत सेयर आरक्षण गर्ने कानुनमा नै व्यवस्था गरिएको छ । 

बजार घट्दा यी फण्डहरुले आफ्नो लगानी विस्तार गर्नुपर्ने आवश्यकता देखिने गरेपनि फण्डहरुले त्यस अनुसार लगानी बढाएको देखिँदैन । यद्यपि यस्ता फण्डहरुले बैंक मौज्दातको सबै लगानी सेयरमा गर्देनन्, आवश्यकता अनुसार लगानी गर्ने गर्दछन् । यहाँ प्रस्तुत गरिएको तथ्यांकका आधारमा फण्डहरुको पूँजी १२ अर्ब ५ करोड रुपैंया रहँदा ४ अर्ब बढी लगानी क्षमता देखिएको छ । यो तथ्यलाई हेर्दा फण्डहरुले आफ्नो आकारको ३३ प्रतिशत रकम अझै सेयर बजारमा लगानी गर्न सक्छन् । 

फागुनको तथ्याङ्क अनुसार सिद्धार्थ इक्विटीसँग सबैभन्दा बढी लगानी गर्ने क्षमता देखिन्छ । यो फण्डसँग फागुन मसान्तमा एक अर्ब १५ करोड ६८ लाख रुपैयाँ बैंक मौज्दात रहेको छ ।

सबैभन्दा कम एनआईबिएल प्रगति फण्ड सँग तीन करोड ८८ लाख रुपैयाँ मात्र लगानी बढाउने क्षमता देखिन्छ । यसले के देखाउँछ भने एनआईबिएल प्रगति फण्डले फण्डसँग भएको बैंक मौज्दातलाई बचतमा राख्ने भन्दा धितोपत्र बजारमा लगानी गर्ने गरेको छ ।

धितोपत्रमा लगानी गरेको रकमका आधारमा सबैभन्दा बढी एनआईबिएल समृद्धि फण्ड १ ले ७८ करोड ३० लाख रुपैयाँ लगानी गरेको देखिन्छ। हालै मात्र सञ्चालनमा अाएकाे सानिमा इक्विटी फण्डले सबैभन्दा कम १६ करोड ३७ लाख रुपैयाँ मात्र सूचीकृत धितोपत्रमा लगानी गरेको देखिएकाे छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम, नबिल इक्वीटी फण्ड, ग्लोबल आईएमई समुन्नत योजना १, एनआईबिएल प्रगति फण्डले पनि फागुन मसान्तमा ५० करोड बढी लगानी धितोपत्रमा गरेको देखिएको छ ।

१२ फण्डमध्ये सिद्धार्थ इक्वीटी फण्डको कोषको आकार सबैभन्दा बढी एक अर्ब ५० करोड रहेको छ भने सबैभन्दा कम कोषको आकार रहेको लक्ष्मी भ्यालु फण्डको ५० करोड रुपैयाँ रहेको छ ।

हाल नबिल इन्भेष्ट बैंकिङ्ग, एनआईबिल क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, एनएमबि क्यापिटलको व्यवस्थापनमा २/२ वटा, र ग्लोबल आईएमई क्यापिटल, सानिमा क्यापिटलको व्यवस्थापनमा एक/एक वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।

सिबिआईएल क्यापिटल, र एनआईसी एशिया क्यापिटलले पनि सामूहिक लगानी कोषको इकाई बाँडफाँड गरेर धितोपत्रमा लगानी गर्न थालिसकेका छन् । यी दुर्इ फण्डले लगानी बढाउँदा पूँजी बजारमा थप विस्तार आउनेछ भने बजारमा म्युचुअल फण्डकाे संख्या बढेर १४ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।