सिभिलबाट बाहिरिएका किशोर महर्जन पुगे प्रोग्रेशिभ फाइनान्स

Mar 29, 2018 Merolagani

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएर केही समय खाली बसेका किशोर महर्जन प्रोग्रसिभ फाइनान्सको सञ्चालक समितिको नेतृत्व सम्हाल्न पुगेका छन् । फाइनान्सको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई फाइनान्स सञ्चालक समितिको अध्यक्ष चयन गर्ने निर्णय गरेको छ ।

चैत ११ गते आइतबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीबाट प्रतिनिधीत्व गर्ने संचालक समितिका सदस्य सिद्धिगोपाल मानन्धरको राजिनामा स्वीकृत गर्दै किशोर महर्जनलाई सदस्य चयन गरेको थियो ।

सो लगत्तै फाइनान्स सञ्चालक समितिका अध्यक्ष मुकुन्दप्रसाद दाहालले संचालक सदस्य यथावत रहनेगरि अध्यक्ष पदबाट दिएको राजिनामा स्वीकृत गर्दै महर्जनलाई फाइनान्स सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

फाइनान्सको उक्त निर्णयसँगै महर्जनले गत मंगलबारदेखि नै फाइनान्स सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

महर्जन सिभिल बैंकमा २ कार्यकाल प्रमुख कार्यकारी अधिकृत बनेका थिए । बैंकिङ्ग क्षेत्रमा उनको झण्डै ३३ बर्षको अनुभव छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।