माछापुच्छ्रे बैंक र वोमी माक्रोफाइनान्सको बोनस सेयर वितरण

Mar 29, 2018 Merolagani

माछापुच्छे्र बैंक (MBL) र वोमी माक्रोफाइनान्स(WOMI) काे बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । दुबै कम्पनीले बाेनस वितरण गर्न सेयरधनी किताब बन्द गराएकाे दिनसम्म सेयर डिम्याट गराएका सेयरधनीलार्इ उनीहरूकै हितग्राही खातामा बाेनस सेयर वितरण गरेका हुन् ।

माछापुच्छ्रे बैंकको मंसिर १५ गते सम्पन्न १९ अाैं बार्षिक साधारण सभाले सेयरधनीलार्इ चुक्त्ता पूँजीकाे ९ प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे  । बैंकले पारित गरेकाे ६६ लाख ५१ हजार ४९० कित्ता बाेनस सेयर नेप्सेमा चैत्र १३ गते सूचिकृत गरिसकेकाे छ । 

बैंकले बुकक्लाेज भन्दा पछाडि डिम्याट गराएका वा हालसम्म सेयर डिम्याट नगरेका सेयरधनीलार्इ डिम्याट खाता खाेली बाेनस सेयर प्राप्त गर्न बैंककाे सेयर विभाग पुतलीसडक वा नजिकैकाे शाखामा  सम्पर्क गर्न सकिने जनाएकाे छ ।

यसैगरी वोमी माइक्रोफाइनासकोे कात्तिक ३० गते सम्पन्न छैटाैं बार्षिक साधारण सभाले गत अावकाे नाफाबाट सेयरधनीलार्इ २० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।  लघुवित्तकाे एक लाख २९ हजार ६ सय कित्ता बोनस सेयर गत चैत्र ७ गते नेप्सेमा सूचीकृत भैसकेको छ । थप जानकारीका लागि सेयर रजिष्ट्रार सिद्दार्थ क्यापिटलमा सम्पर्क गर्न लघुवित्तले सेयरधनीलार्इ अाग्रह गरेकाे छ ।

दुवै कम्पनीले सेयर डिम्याट नगरेका सेयरधनीलार्इ बाेनस सेयर प्राप्त गर्न अनिवार्य सेयर डिम्याट गर्नुपर्ने जनाएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।