सनराइज बैंकले सुरु गर्यो भाईबर बैंकिङ्ग सेवा

Mar 29, 2018 Merolagani

सन्राइज बैंक (SRBL) ले भाईबर बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ प्रविधिहरु भित्रिरहेको सन्राइज बैंकले ग्राहक सुबिधालाई ध्यानमा राख्दै भाईबर बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।

भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको वारेमा जानकारी लिन सक्नेछन् । भाईबर बैंकिङ्ग सेवा प्रयोग गर्न ग्राहकको मोबाइल नम्बर बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गर्नुपर्नेछ ।

सेवा सुचारु गरेपछि भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिने बैंकले जनाएको छ ।

स्थापनाकाल देखिनै ग्राहकलाई सरल एवं सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा ए.टि.म मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।