रसुवागढी र साञ्जेनको आइपिओ शुक्रबार बेलुकासम्म बाँडफाँड हुने

Mar 30, 2018 Merolagani

रसुवागढी हाईड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत्त कम्पनीको साधारण सेयर शुक्रबार बेलुकासम्ममा बाँडफाँड हुँदैछ । आईपिओ बाँडफाँडको लागि तयारी भैरहेको आईपिओ निष्काशन गर्ने कम्पनीहरुले जनाएका छन् । 

धितोपत्रले गरेको व्यवस्था बमोजिम सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड हुनेछ। बाँकी रहेको सेयरलाई फेरी पुगेसम्म १० कित्ताका दरमा नै वितरण हुनेछ । यसरी बाँडफाँड गर्दे जाँदा सबै आवेदकलाई दश कित्ता नपुग्ने अवस्थामा भने गोलाप्रथाबाट बाँकी सेयर वितरण हुनेछ ।

रसुवागढी हाईड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत्त दुबैले फागुन ११ देखि ३० गतेसम्म सञ्चयकोषमा बचत गर्ने सञ्चयकर्ताका लागि तथा चैत ५ देखि १३ गतेसम्म दुवै कम्पनीका संस्थापक सेयरधनीको रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ संस्था तथा ऋणदाताको रुपमा रहेको कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि साधारण सेयर निष्काशन गरेका थिए । दुवै कम्पनीमा निष्काशित सेयरको तुलनामा करिब ६ गुणा बढी आवेदन परेको छ ।

कति आवेदकले भरे रसुवागढीको सेयर ?

रसुवागढीले पहिलो चरण फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो सेयरमा दुई लाख बढी आवेदकले ६ अर्ब ७५ करोड लाख रुपैयाँ बराबरको ६ करोड ७५ लाख हजार कित्ता सेयर माग गरेका छन् ।

पहिलो चरणमा निष्काशित आईपिओमा न्यूनतम ५० देखि बढीमा ५०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

त्यस्तै रसुवागढी दोस्रो चरणमा निष्काशन भएको ६ लाख ८४ हजार २१० कित्ता साधारण सेयरमा कर्मचारी सञ्चयकोषका ५८५ कर्मचारीले ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ८५० कित्ता सेयर माग गरेका छन् ।

उता संस्थापक संस्थाका कर्मचारीका लागि २३ लाख ९४ हजार ७३५ कित्ता निष्काशन गरेकोमा ८ हजार ९८६ कर्मचारीले ४३ करोड ९३ लाख ७३ हजार रुपैयाँ बराबरको ४३ लाख ९३ हजार ७३० कित्ता सेयर माग गरेको कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

रसुवागढीले दोस्रो चरणमा निष्काशन गरेको सेयरमा संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि न्यूनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । कर्मचारी सञ्चयकोषका कर्मचारीहरुका लागि भने न्यूनतम ५० देखि अधिकतम २५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

साञ्जेन जलविद्युत्तमा कति पर्यो आवेदन ?

साञ्जेन जलविद्युत्त कम्पनीले पहिलो चरण फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो सेयरमा एक लाख ८३ हजार आवेदकले चार अर्ब १७ करोड २२ लाख रुपैयाँ बराबरको ४ करोड १७ लाख २२ हजार कित्ता सेयर माग गरेका छन् ।

पहिलो चरणमा निष्काशित आईपिओमा न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

त्यस्तै साञ्जेनको दोस्रो चरणमा निष्काशन भएको ३ लाख ६५ हजार कित्ता साधारण सेयरमा कर्मचारी सञ्चयकोषका ५८७ कर्मचारीले ३ करोड ९९ लाख ४६ हजार रुपैयाँ बराबरको ३ लाख ९९ हजार ४६० कित्ता सेयर माग गरेका छन् ।

उता संस्थापक संस्थाका कर्मचारीका लागि १२ लाख ७७ हजार ५ सय कित्ता निष्काशन गरेकोमा ८ हजार ९७७ कर्मचारीले २६ करोड ४२ लाख ४१ हजार रुपैयाँ बराबरको २६ लाख ४२ हजार ४१० कित्ता सेयर माग गरेको कम्पनीको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

यो कम्पनीले दोस्रो चरणमा निष्काशन गरेको सेयरमा संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्म र ऋणदाता संस्थाका कर्मचारीका लागि न्यूनतम ५० देखि अधिकतम १००० कित्तासम्म खरीदका लागि आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।