प्राइम लाइफको साढे १२ प्रतिशत बोनस पारित

Mar 30, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स(PLIC)को बुधबार सम्पन्न ११ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद पश्चात कायम हुने चुक्ता पूँजीमा १९ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हकप्रद पश्चात एक अर्ब ५८ करोड ६५ लाख रुपैयाँ चूक्ता पूँजी पुगेकाे प्राइम लाइफकाे बोनस पश्चात एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ९८ लाख ९४ हजार १०३ रुपैयाँ नगद लभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । ११ औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकको चयन पनि गरेको छ । 

हाल १२५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई रहेको इन्स्योरेन्सले त्यसलाई बढाएर १३५ पुर्याउने भएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।