श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमा बाेलपत्र पेश गर्ने शुक्रबार अन्तिम दिन

Mar 30, 2018 Merolagani

श्री इन्भेष्टमेन्ट फाइनान्सले लिलामी खुला गरेको तीन लाख ४४ हजार ३७३ दशमलव ६२ कित्ता सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने शुक्रबार अन्तिम दिन रहेको छ । फाइनान्सले चैत ८ गतेदेखि दुई लाख ७७ हजार ९९६ दशमलव ५३ कित्ता संस्थापक र ६६ हजार ३७७ दशमलव ०९ कित्ता सर्वसाधारण समूहको सेयर लिलाम बढाबढमा विक्रीमा ल्याएको थियो ।

इच्छुकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, श्री इन्भेष्टमेन्टको केन्द्रीय कार्यालय डिल्लीबजार शाखा कार्यालयहरु विराटनगर र भैरहवा, सिद्धार्थ बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट चैत १६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

३४ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले माघ १५ गतेदेखि फागुन २० गतेसम्म २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता हकप्रद विक्री गरेको थियो । लिलामी सेयर विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६३ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

कम्पनीको प्रतिकित्ता सेयरमूल्य बिहीबार प्रतिकित्ता २०९ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।