एशियन लाईफले बढायो ५० प्रतिशत हकप्रद भर्ने समय

Mar 30, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स(ALICL)ले फागुन १३ गतेदेखि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा आवेदन गर्ने समय बढाएको छ । हकप्रदमा आवेदन गर्ने समय यसअघि चैत १८ गतेसम्म रहेकोमा १४ दिन थपेर ०७५ बैशाख २ गते आइतबारसम्म पुर्याइएको छ ।

बीमा समितिको निर्देशन अनुसार ०७५ असारसम्ममा दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा रहेको एशियन लाइफले एक सय रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९६६ कित्ता सेयर बिक्री गरिरहेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका सेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीको सेयरमा दुई बराबर एकको अनुपातमा आवेदन गर्न सकिने छ । हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका सेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले तोकेको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैयाँ पूँजी बिस्तार गर्नुपर्ने देखिन्छ । इन्स्योरेन्सको सेयर बिहीबार प्रतिकित्ता ५८४ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।