सेन्ट्रल फाईनान्सको हकप्रद बाँडफाँड,झण्डै ११ लाख कित्ता लिलामीमा आउने

Mar 30, 2018 Merolagani

सेन्ट्रल फाईनान्स (CFCL) को ५० प्रतिशत हकप्रदमा अवितरित १० लाख ८८ हजार १७८ कित्ता सेयर लिलामीमा आउने भएको छ । फाइनान्सले पुस २३ देखि फागुन १३ गतेसम्म २६ लाख ३ हजार ३१४ कित्ता हकप्रद निष्काशन गर्दा संस्थापक र साधारण गरि सो परिमाणमा सेयर बिक्री नभएपछि लिलामीमा ल्याउने भएको हो ।

हकप्रदमा अवितरित सेयरको लिलामी मिति सार्वजनिक सूचना जारी गरेर पछि जानकारी गराउने फाइनान्सले जनाएको छ । फाइनान्सले आफ्नो हकभन्दा बढी सेयर माग गरि दरखास्त दिने सेयरधनीको बाँडफाँडमा नपरेको हकप्रद सेयर बापतको रकम चैत्र १८ गतेदेखि हकप्रद आवेदन बुझाएको संकलन केन्द्रबाट भूक्तानी गर्ने भएको छ ।

फाइनान्स कम्पनीको चैत १३ गते सम्पन्न सञ्चालक समितिले  रितिपूर्वक आवेदन दिने ९ हजार १९५ जना आवेदकलाई १५ लाख १५ हजार १३६ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । फाइनान्सको हकप्रद सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।