सेयर बजारमा एक सातामै थपियो चार करोड ७१ लाख कित्ता बोनस सेयर

Mar 31, 2018 Merolagani

यस साता नेपाल स्टक एक्सचेञ्जमा दुई बाणिज्य बैंक, एक लघुवित्त र एउटा इन्स्योरेन्स कम्पनीले कूल चार करोड ७१ लाख ९२ हजार ८९३ दशमलव ३३ कित्ता सेयर सूचीकरण गराएका छन् ।

बोनस सूचीकृत गराउने कम्पनीमध्ये सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकको चुक्ता पूँजी चार करोडको शतप्रतिशत अर्थात चार करोड ५७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । चार्टडको पुस २६ गते सम्पन्न ३१ औं साधारण सभाले सो बोनस पारित गरेको थियो ।

माछापुच्छ्रै बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको ९ प्रतिशत बोनस बराबरको ६६ लाख कित्ता सूचीकरण गराएको छ । माछापुच्छ्रे बैंकको गत मंसिर १५ गते सम्पन्न १९ औं साधारण सभाले सो बोनस पारित गरेको थियो ।

त्यस्तै एनएमबि माईक्रोफाइनान्सको मंसिर १५ गते सम्पन्न पाँचौ बार्षिक साधारण सभाले पारित गरेको चुक्ता पूँजीको २५ प्रतिशत बराबरको दुई लाख ८१ हजार कित्ता बोनस सूचीकृत भएकाे छ । 

एभरेष्ट इन्स्योरेन्सको गत असार २३ गते सम्पन्न १८ देखि २२ औं आर्थिक बर्षसम्मको साधारण सभाले पारित गरेको २० प्रतिशत बराबरको दुई लाख दुई हजार कित्ता बोनस सेयर पनि यसै साता नेप्सेमा सूचीकृत भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।