प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयर नपाउनेले अाइतबारदेखि रकम फिर्ता पाउने

Mar 31, 2018 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) को लिलामी सेयर प्राप्त नगर्ने बोलपत्रदाताले आइतबारदेखि रकम फिर्ता पाउने भएका छन् । इन्स्योरेन्सको सेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आवेदकले उल्लेख गरेको बैंक खातामा नै रकमान्तर गरिने जनाएको छ ।

शिलबन्दी बोलपत्र पेश गर्दा बैंक खाता नम्बर उल्लेख नगरेका लगानीकर्ताले रकम फिर्ता पाउन नेपाल क्लियरिङ्ग हाउसको आईपिएस प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको आवेदकको बैंक खाता नम्बर उपलब्ध गराउन क्यापिटलले आग्रह गरेको छ 

प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २८ देखि चैत ५ गतेसम्म १२ हजार ५०३ कित्ता साधारण सेयर लिलामीमा ल्याएकोमा चैत १२ गते बोलपत्र खुला गरि निष्काशनकर्ता कम्पनीको सञ्चालक समिति बैठकले १४ गते बाँडफाँड गरेको हो ।

लिलामी आवेदन गरेका २६८ जनामध्ये ६०३ रुपैयाँ वा सोभन्दा बढीमूल्यमा आवेदन गर्ने २३ जनाले लिलामीको सेयर प्राप्त गरेका थिए । लिलामीमा अधिकतम ६४० रुपैयाँसम्मको आवेदन थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।