जनता बैंकद्वारा आठ जिल्लामा शाखा विस्तार

Apr 01, 2018 Merolagani

जनता बैंक नेपालले आठ जिल्लामा एकै साथ ८ नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । बैंकले पाल्पाको रामपुर, कैलालीको टिकापुर, स्याङ्जाको वालिङ, नवलपरासीको दुम्किबास, रुपन्देहीको नयाँमिल, बर्दियाको भुरीगाँउ, काठमाडौंको महाराजगञ्ज, र ललितपुरको ग्वार्कोमा शाखा विस्तार गरेको हो ।

उल्लेखित शाखामध्ये रामपुर, टिकापुर र वालिङ शाखाको कारोबार चैत्र १५ तथा बाँकी ५ शाखाको कारोबार चैत्र १६ गते देखि शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

चालू आर्थिक बर्षको सुरु देखि नै शाखा विस्तारमा निरन्तरता दिएको जनता बैंकको थपिएका आठ शाखासँगै १०६ शाखा सञ्जाल पुगेको छ । जसमध्ये काठमाडौंमा मात्र १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।

गत बर्षको नाफाबाट १४.४० प्रतिशत बोनस पश्चात राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी (८ अर्ब ७ लाख रुपैयाँ) कायम गरिसकेको बैंकले हालसम्म ५३ अर्ब २४ करोड निक्षेप संकलन गरि ४९ अर्ब ८२ करोड कर्जा प्रवाह गरको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।