रसुवागढी र साञ्जेनको आईपिओ तपाईलाई कति पर्यो ? मेरोलगानीमा हेर्नुहोस् नतिजा

Apr 01, 2018 Merolagani

रसुवागढी र साञ्जेन जलविद्युत्त कम्पनी (SJCL) ले फागुन ११ देखि ३० गतेसम्म तथा चैत ५ देखि १३ गतेसम्म निष्काशन गरेको सीमित साधारण सेयर आइतबार बाँडफाँड भएको छ । दुबै कम्पनीको सेयर बिक्री प्रबन्धकले आइतबार स्मार्ट क्याफे एण्ड बैंक्वेट धुम्बाराहीमा सेयर बाँडफाँड गरेका हुन् ।

रसुवागढी (RHCL) को आईपिओमा कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताले ५० देखि ८० कित्तासम्म सेयर प्राप्त गरेका छन् भने साञ्जेनमा ३० देखि ४० कित्ता सेयर प्राप्त गरेका छन् ।

त्यस्तै संस्थापक सेयर लगानी गर्ने संस्थाका कर्मचारीहरुलाई रसुवागढीमा न्यूनतम ५० कित्तादेखि अधिकतम २७० कित्तासम्म बाँडफाँड गरिएको छ भने साञ्जेनमा ५० कित्तादेखि १५० कित्तासम्म सेयर बाँडफाँड गरिएको छ ।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्स् (IPO RESULT) मा जानुहोस् । त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी ( रसुवागढी अथवा साञ्जेन जलविद्युत कम्पनी) छनौट गरि बिओआईडि BOID सेक्सनमा नाफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी SEARCH Botton गएर आफुलाई कति कित्ता आईपिओ पर्यो हेर्न सक्नुहुन्छ ।

 

थप समाचारहरू पनि पढ्नुहाेस् ....

 

.......{रसुवागढी हाईड्रोपावरको आईपिओमा कति पाए सञ्चयकर्ताले सेयर ?}..........

 

...{साञ्जेन जलविद्युत्तमा एक लाख ५६ हजार ६४५ आवेदकले पाए ४० कित्ता सेयर, ३० पाउने कति ?}.........

 

......{रसुवागढी र साञ्जेनको संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुलाई १४० देखि २७० कित्तासम्म बाँडफाँड}........

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।