रिलायन्सको लिलामी सेयर नपरेको रकम सोमबारदेखि फिर्ता गरिने

Apr 02, 2018 merolagani

रिलायन्स फाइनान्स (RLFL) ले जारी गरेको लिलामीको सेयर नपाउने लगानीकर्ताको रकम सोमबारबाट फिर्ता गर्ने भएको छ । सेयर नपाउने लगानीकर्ताको रकम आवेदन फारममा उल्लेख गरेकै बैंक खातामै पठाइने कम्पनीले जनाएको छ ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ ।

लिलामी सेयर गत बिहीबार बाँडफाँड गरिएको थियो ।

रिलायन्सले चैत १ गतेदेखि चैत ८ गतेसम्म संस्थापक समूहको ५ लाख ४२ हजार ३१४ कित्ता र सर्वसाधारण समूहको १ लाख १० हजार ६२६ कित्ता सेयर बिक्री खुला गरेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।