रिलायन्स फाइनान्सको संस्थापक सेयर दोश्रो पटक लिलामीमा

Apr 02, 2018 Merolagani

रिलायन्स फाइनान्स कम्पनी (RLFLPO) ले ५ लाख ३५ हजार ३१४ कित्ता संस्थापक सेयर चैत्र २६ गतेदेखि दोस्रो पटक लिलामीमा ल्याउने भएको छ । यसअघि खुला गरेको लिलामीमा विक्री नभएपछि फाइनान्सले फेरी लिलामी सूचना निकालेको हो ।

संस्थापक सेयर लिलामीमा बोलपत्र पेश गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले फाइनान्सको बिक्री प्रबन्धक सनराइज क्यपिटल कमलपोखरी तथा रिलायन्सका  महेन्द्रपुल पोखरा, नारायणढ चितवन, बनेपा काभ्रे, चारआली झापा, विराटनगर, बीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयहरुबाट ०७५ बैशाख ३ गतेसम्म शिलबन्दी बोलपत्र बुझाउन सकिने व्यवस्था गरिएको छ ।

फाइनान्सले पहिलो पटक चैत्र १ गते देखि ८ सम्म खुला गरेको ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापकमध्ये चार आवेदकले सात हजार कित्ता मात्र बोलकबोल गरेका थिए ।

फाइनान्सले यसअघि पनि सर्वसाधारणले पनि आवेदन गर्न पाउनेगरि लिलामी ल्याएपनि सो समयमा सर्वसाधारणले आवेदन गर्न पाउने कि नपाउने थाहा नहुँदा निकै न्यून परिमाण मात्र विक्री भएको थियो । यसअघि लिलामीमा गर्ने अन्य कम्पनीहरूले प्रथम पटक सबिकका संस्थापक सेयरधनीले मात्र आवेदन गर्न पाउनेगरि लिलामी खुला गर्ने गरेका थिए ।

रिलायन्सले गत मंसिर २२ देखि माघ १२ गतेसम्म चुक्ता पूँजीको ४५ प्रतिशत बराबरको २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रदपछि फाइनान्सको चुक्ता पूँजी ७४ करोड ३२ लाख रुपैँया पुगेको छ । फाइनान्सको संस्थापक सेयर गत पुस २३ गते आइतबार प्रतिकित्ता  १०० रुपैँयामा कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।