अपि,अरुण भ्याली र अरुण काबेलीको शेयर रजिष्ट्रारमा भिवोर क्यापिटल नियुक्त

Apr 02, 2018 Merolagani

अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर र अरुण कावेली पावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडलाई हस्तान्तरण गरेको छ । आगामी बैशाख २ गतेबाट यी तीनै कम्पनीको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य भिवोर क्यापिटल मार्फत हुनेछ ।



सो सम्बन्धी सम्झौतामा अरुण काबेलीको तर्फबाट सो कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपाने , अरुण भ्यालीका तर्फबाट सो कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपाने र अपि पावर कम्पनीको तर्फबाट सो कम्पनी सचिव सिर्जना दंगाल र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि बिक्रम थापाले हस्ताक्षर गरेका हुन् ।

यसअघि अपि,अरुण भ्याली र अरुण काबेलीले शेयर रजिष्ट्रेशनको काम आफै गर्दे आएका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।