स्वरोजगारको शतप्रतिशत हकप्रद धितोपत्र बोर्डको पाइपलाईनमा

Apr 02, 2018 Merolagani

स्वरोजगार लघुवित्त (SLBBL) ले चुक्ता पूँजी बराबर हकप्रद जारी गर्न चैत १६ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । लघुवित्तले एक बराबर एक अनुपातमा १२ लाख २४ हजार ९७७ दशमलव ६० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति माग गरेको हो ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लघुवित्तकाे गत कात्तिक ११ गते सम्पन्न नवाैं बार्षिक साधारण सभाले बाेनस पश्चात कायम हुने चुक्त्ता पूँजीकाे शतप्रतिशत हकप्रद प्रस्ताव पारित गरेकाे थियाे । 

लघुवित्त कम्पनीको गत अार्थिक बर्षकाे नाफाबाट वितरण गरेकाे १६.६६ प्रतिशत बाेनसपछि कायम चुक्ता पूँजी १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरकाे हकप्रद जारी गर्न लागेकाे हाे ।

हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । सोमबार कम्पनीको प्रतिकित्ता सेयरमूल्य ११६० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।