दुई कम्पनीको हकप्रद भर्नकै लागि लगानीकर्ताले डेढ अर्ब जुटाउनुपर्ने

Apr 02, 2018 Merolagani

धितोपत्र बजारमा कम्पनीकहरुको सेयरमूल्य गिरावट आएर तनावमा रहेका लगानीकर्तालाई दुई कम्पनीको हकप्रद भर्नकै लागि एक अर्ब ४९ करोड रुपैयाँ जुटाउनुपर्ने भएको छ । धितोपत्र बोर्डबाट सोमबार कुमारी बैंक र गुँरास लाईफ इन्स्यारेन्सको हकप्रद स्वीकृत भएसँगै लगानीकर्ताले हकप्रदका लागि थप रकमको जोहो गर्नुपर्ने भएको हो ।

धितोपत्र बोर्डबाट कुमारी बैंक (KBL) ले २० प्रतिशत अर्थात १० बराबरको दुई कित्ता अनुपातमा एक करोड १९ लाख ३८ हजार ९९१ दशमलव ६५ कित्ता हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको हो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । 

कुमारी बैंकले चुक्ता पूँजी पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँको २० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएकाे हाे । अघिल्लो आर्थिक बर्षको चैत ९ गते सम्पन्न १६ औं बार्षिक साधारण सभाले हकप्रद निष्कासन प्रस्ताव पारित गरेको थियो ।

बैंकले चालु आवको दाेस्राे त्रैमासमा ४८ करोड ०२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०९ पैसा कायम गरेको छ ।

२० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ । हालसम्म गत आर्थिक बर्षको बाेनस घाेषणा नगरेकाे बैंकले अपुग रकम बोनस वितरण गरेर पुरा गर्नेछ । 

त्यसैगरि गुँरास लाईफ इन्स्योरेन्स (GLICL) ले पनि सोमबार नै बोर्डबाट ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातमा २९ लाख ७० हजार कित्ता सेयर विक्री गर्न अनुमति प्राप्त गरेको छ । इन्स्याेरेन्सकाे सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी वृद्धि गर्न ५० प्रतिशत हकप्रद जारी गर्ने लागेको हाे । 

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ ।  बीमा समितिको निर्देशन अनुसार लाइफ इन्स्योरेन्स कम्पनीहरुले ०७५ अषाढसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।