सांग्रिला डेभलपमेन्ट बैंकको लिलामी सेयर सकार्ने आज अन्तिम अवसर

Apr 03, 2018 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चैत १३ गते मंगलबारदेखि लिलामीमा ल्याएको ९ लाख एक हजार ९९७ दशमलव ५० कित्ता लिलामी सेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूहको ३ लाख ९२ हजार ७७२ दशमलव ५० कित्ता तथा सर्वसाधारण समुहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलामी राखेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

इच्छुक लगानीकर्ताले मंगलबार ३ बजेसम्म बैंकको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी, सांग्रिला बैंकका केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरहीबाट समेत शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरि  लगानीकर्ताले प्रभु बैंककाे शाखा कार्यालयहरू विराटनगर,विरगञ्जर धनगढीबाट समेत बाेलपत्र पेश गर्न सक्नेछन् । 

बैंकले गत पुस १७ गतेदेखि माघ २९ गते सम्म चुक्ता पूँजीको ८० प्रतिशत बराबरको एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद जारी गरेकोमा अवितरित सेयर लिलामीमा ल्याएको हो ।

हकप्रद लिलामी पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयर मंगलबार प्रतिकित्ता १५६ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।