दुर्इ बाणिज्य बैंक सहित ५ कम्पनीको दुर्इ करोड ३८ लाख कित्ता सेयर सूचीकृत

Apr 03, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सिटिजन्स् बैंक इन्टरनेशनल सहित  नेपाल बंगलादेश बैंक, ज्याेति विकास बैंक, सहयोगी विकास बैंक र स्वावलम्बन लघुवित्तको बोनस  तथा हकप्रद सूचीकृत भएको छ । पाँच वटै कम्पनीकाे गरि कूल दुर्इ कराेड ३७ लाख ९९ हजार ३२४ दशमलव ४३ कित्ता बाेनस तथा हकप्रद सूचीकरण भएका छन् । 

मंगलबार सूचीकृत गराउने कम्पनीमध्ये सिटिजन्स् बैंकको सबैभन्दा बढी एक करोड ११ लाख १५ हजार ४६७ कित्ता बोनस सेयर रहेको छ ।

त्यसैगरि नेपाल बंगलादेश बैंककाे ८६ लाख ८८ हजार ५०७ कित्ता बाेनस तथा एक हजार ५५४ कित्ता हकप्रद सेयर सुचीकृत भएकाे छ । 

ज्याेति विकास बैंककाे २३ लाख दुर्इ हजार ८७२ दशमलव ४३ कित्ता बाेनस, सहयोगि विकास बैंकको ८ लाख ४९ हजार ४४७ कित्ता बाेनस तथा स्वावलम्बन लघुवित्तको ८ लाख ४१ हजार ४७७ कित्ता बाेनस सेयर पनि मंगलबार नै नेप्सेमा सूचीकृत भएका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।